FATF
फाइनान्सियल एक्सन टास्क फोर्स (FATF) ले नेपाललाई फेब्रुअरी २१, २०२५ मा 'ग्रे लिस्ट' मा समावेश गरेको छ। यसको मुख्य कारण सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणमा नेपालको कमजोर कानुनी र संस्थागत संरचना हो। ग्रे लिस्ट के हो? FATF को ग्रे लिस्टमा पर्ने अर्थ के हो भने सम्बन्धित देशले सम्पत्ति शुद्धीकरण र आतंकवादी वित्तपोषण नियन्त्रणमा पर्याप्त प्रगति गरेको छैन। यसले देशलाई उच्च निगरानीमा राखिन्छ र सुधारका लागि कार्ययोजना लागू गर्नुपर्ने हुन्छ। ग्रे लिस्टको प्रभाव शेयर बजारमा नेपालको ग्रे लिस्टमा समावेश हुँदा शेयर बजारमा विभिन्न नकारात्मक प्रभावहरू पर्न सक्छन्: वैदेशिक लगानीमा कमी : अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले नेपाललाई उच्च जोखिमयुक्त देशको रूपमा हेर्न सक्छन्, जसले गर्दा वैदेशिक लगानी घट्न सक्छ। बैंकिङ कारोबारमा कठिनाइ : अन्तर्राष्ट्रिय बैंकहरूले नेपाली बैंकहरूसँगको कारोबारमा थप सतर्कता अपनाउन सक्छन्, जसले आयात-निर्यात लगायतका वित्तीय कारोबारमा अवरोध पुर्याउन सक्छ। शेयर मूल्यमा गिरावट : लगानीकर्...